२४ घण्टामा कति थपिए कोरोना संक्रमित ? – Nepal Press

२४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमित थपिन थालेका छन् । विशेषगरी भारतबाट आएकाहरूमा संक्रमित देखिन थालेपछि सीमामा निगरानी बढाइएको छ । पछिल्लो २४ घण्टामा थप ७६ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ३ सय ४५ पीसीआर परीक्षणका क्रममा ४९ जना र ८ सय ६ एन्टीजेन परीक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

पछिल्लो २४ घण्टामा १६ जना निको भएका छन् । हाल पीसीआर परीक्षणका संक्रमण पुष्टि भएका २ सय २७ सक्रिय संक्रमित आइसोलेसनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर