सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेकाे भन्दै जाजरकोटमा वडा सचिव र प्रशासन सहायकविरुद्ध मुद्दा – Nepal Press

सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गरेकाे भन्दै जाजरकोटमा वडा सचिव र प्रशासन सहायकविरुद्ध मुद्दा

सुर्खेत । सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा जाजरकोटका तत्कालीन वडा सचिव र प्रशासन सहायकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन वडा सचिव देवीलाल जैसी र प्रशासन सहायक रत्नबहादुर कार्कीविरुद्ध चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुको नक्कली विवरण खडा गरी सरकारी रकम हिनामिनाको दाबीसहित आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

जैसीले आर्थिक वर्ष २०७५÷०७६ को प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा लाभग्राहीहरुको नक्कली विवरण खडा गरी २ लाख ७३ हजार ४०० रुपैयाँ हिनामिना गरेका थिए । उनीविरुद्ध सोही बराबरको विगो कायम गरी कैद सजाय र जरिवाना गर्न अख्तियारले माग गरेको छ ।

सरकारी रकम हिनामिना गरेको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले निज वडा सचिव देवीलाल जैसीलाई सोही विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा ९१० र उपदफा ९१० को खण्ड (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना तथा ऐ। ऐनको दफा १७ बमोजिम हिनामिना गरेको रकम निजबाट असुल उपर हुनसमेतको मागदाबी लिइएको छ ।

यस्तै, कार्कीले वडासचिव जैसीलाई सहयोग पुग्ने गरी मिलेमतो गरेको र आफूलेसमेत लाभ लिएको पुष्टि भएकाले उनीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर