दैलेखमा जीप दुर्घटना हुँदा १४ जना घाइते – Nepal Press

दैलेखमा जीप दुर्घटना हुँदा १४ जना घाइते

सुर्खेत । सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको गरेको बोलेरो जीप दुर्घटना भएको छ । सोमबार दैलेखको आठबिस नगरपालिका-१ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।

१ ज ५५ नम्बरको जीपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । जीपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको दैलेख प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते ४ जनाको अवस्था गम्भीर रहेको हुँदा काठमाडौँको ट्रमा सेन्टरमा नेपाली सेनाको हेलिकप्टर मार्फत रिफर गरिएको छ । बाँकी १० जनाको अवस्था सामान्य रहेको रहेको हुँदा केहि घाइतेहरुलाई घर पठाइएको प्रहरीले बताएको छ ।

गम्भीर घाइते भएर रिफर गरिएका नरहरीनाथ गाउँपालिका कालिकोटका वडा–७ का ७ वर्षीया भिष्म बोगटि, ३३ वर्षीय दुर्गा बोगटी, ७ वर्षीय प्रतिक्षा बटल र नरहरीनाथ गाउँपालिका कालिकोटका वडा–५ का ७ वर्षीय बसन्त बुढा रहेका छन् ।

सामान्य घाइते हुनेमा, १४ वर्षीय सरद बिष्ट, २० वर्षीय मनिसा बोगटी, ५५ वर्षीय गोपिकला बिष्ट, ६ वर्षीय अखिल बुढा, ६ वर्षीय राजकुमार बोगटी, ६ वर्षीय स्वस्तिका बोगटी, १२ वर्षीय कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, १२ वर्षीय सुबास सहकारी र २४ को धन बहादुर बटाला रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर