बैंकले रोक्का राखेको एउटै घर जग्गा देखाएर २ जनासँग ८ करोड बैना – Nepal Press

बैंकले रोक्का राखेको एउटै घर जग्गा देखाएर २ जनासँग ८ करोड बैना

काठमाडौं । एउटै घर जग्गा देखाएर दुई जनासँग ८ करोड रुपैयाँ बैना लिएको आरोपमा काठमाडौं-१० का ४४ वर्षीय दिलचन्द्रा बुढाथोकी शाहीविरुद्ध सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ ।

मनोज बहादुर श्रेष्ठको जाहेरीपछि प्रहरीले ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो । तर दिलचन्द्रा पक्राउ परेका थिएनन् । उनलाई फरार अभियुक्त बनाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

जाहेरवाला श्रेष्ठका अनुसार उनको राउसाई होल्डिङ प्रालीलाई दिलचन्द्राले डिल्लीबजार मालपोत कार्यालयमा रहेको जग्गा र घर साढे ८ करोडमा विक्री गर्ने सहमती गरेर २०७६ साउन ३१ गते ५ करोड रुपैयाँ बैना लिएका थिए ।

वडा कार्यालयमा बनाइएको बैना कागजमा ६ महिनाभित्र बाँकी पैसा तिर्ने र जग्गा घर पास गर्ने उल्लेख भएको जाहेरवालाको दाबी छ ।

तर निर्धारित समयमा आफुले सम्पर्क गर्न खोज्दा दिलचन्द्राले आनाकानी गरेर सम्पर्क बाहिर भएको बताएका छन् । दिलचन्द्राले सोही जग्गा घर देखाएर २०७७ पुस २८ गते काठमाडौं-३२ का राम अग्रवाललाई १० करोड रुपैयाँमा विक्री गर्ने गरी ३ करोड रुपैयाँ बैना लिएको पाइएको छ ।

पीडितका अनुसार २०७८ चैत २३ गते मालपोत कार्यालय डिल्लीबजारमा बुझ्दा उक्त जग्गा बैंकले रोक्का राखेको पाइउको थियो। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले श्रेष्ठले बुझाएको ५ करोड रुपैयाँ र त्यसको क्षतिपुर्ती उपलब्ध गराउन मागदाबी लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *