चितवन २ मा कांग्रेसका जितनारायणले गरे मनोनयन दर्ता – Nepal Press

चितवन २ मा कांग्रेसका जितनारायणले गरे मनोनयन दर्ता

काठमाडौं । वैशाख १० को उपचुनावअन्तर्गत चितवन २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

श्रेष्ठको प्रस्तावकमा जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी छन् ।

मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालय जानुअघि कांग्रेसले आमसभा आयोजना गरेको थियो । उक्त सभालाई सम्बोधन गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर