तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्लेले दिए उम्मेदवारी – Nepal Press

तनहुँ १ मा रास्वपाबाट स्वर्णिम वाग्लेले दिए उम्मेदवारी

पोखरा । तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अर्थविद् डा. स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गरेका छन् । सोमबार मुख्य निर्वाचन कार्यालय तनहुँ पुगेर डा. वाग्लेले उम्मेदवारी दर्ता गरेका हुन् । वाग्लेको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा. रुपक घिमिरे छन् ।

वाग्ले केही दिनअघि मात्र कांग्रेस छाडेर रास्वपा प्रवेश गरेका थिए । वाग्लेको मनोनयनमा रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए ।

यसअघि उक्त क्षेत्रमा नेपाली कांग्रेसको तर्फबाट गोविन्द भट्टराई, नेकपा एमालेको तर्फबाट पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेपाल मजदुर किसान पार्टीतर्फ रामप्रसाद प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

गत मंसिरमा भएको निर्वाचन निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त छ । उक्त क्षेत्रमा वैशाख १० गतेका लागि उपनिर्वाचन तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर