ललितपुर महानगरले फुटबल क्लबहरुलाई दियाे ३८ लाख रुपैयाँ सहयोग – Nepal Press

ललितपुर महानगरले फुटबल क्लबहरुलाई दियाे ३८ लाख रुपैयाँ सहयोग

काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरका फुटबल क्लवहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

सोमबार आयोजित एक कार्यक्रमकाबीच महानगरले ए, बी र सी डिभिजनका फुटवल क्लवहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

जसअनुसार ए डिभिजन लिग खेल्ने ६ वटा क्लबहरुलाई रु चार लाख, बी डिभिजनका २ वटा क्लबहरुलाई ३ लाख र ४ वटा सी डिभिजन क्लवलाई रु दुई लाखका दरले सहयोग हस्तान्तरण गरिएको हो ।

त्यस्तै, कार्यक्रममा नर्वौ राष्ट्रिय खेलकुद २०७९ मा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई महानगरले नगद सहित सम्मान गरेको छ ।

जसअनुसार स्वर्ण पदक प्राप्त गर्ने २२ जनालाई २० हजारका दरले पुरस्कृत गरिएको छ भने रजत पदक प्राप्त गर्ने १८ जनालाई १५ हजार र कास्य पदक प्राप्त गर्ने १८ जनालाई रु १० हजारका दरले पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले खेलको बिकास संगै खेलाडीहरुको हौसला बढाउनका लागि महानगरले सहयोग गरेको बताए ।

आगामी दिनमा महानगरले गर्ने आर्थिक सहयोग बढाउँदै लैजाने उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर