नेप्सेमा १६ अंकको गिरावट, खुम्चियो कारोबार रकम पनि – Nepal Press

नेप्सेमा १६ अंकको गिरावट, खुम्चियो कारोबार रकम पनि

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा १६ अंकले गिरावट आएको छ ।

आज १६.६७ अंकले घटेर नेप्से १८७१ बिन्दुमा अडिएको हो ।

आइतबार पनि २० अंककले घटेको थियो । आजको दिन विभिन्न कम्पनीका २८ लाख २९ हजार ४२६ कित्ता शेयर खरिदबिक्री हुँदा ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने खुम्चिएको छ ।

आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सकिर्ट लागेको छ । त्यसगरी प्रभु डेभेन्चर २०८७ को सेयर मूल्यमा नकारात्मक सकिर्ट लागेको छ ।

सोमबार उपसमूहतर्फ रहने १३ वटै समूहको सेयर मुल्य घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर