जितनारायणको प्रष्टोक्ति- कहिले गठबन्धनको उम्मेदवारलाई अपमान गरेको छैन – Nepal Press
चितवन-२

जितनारायणको प्रष्टोक्ति- कहिले गठबन्धनको उम्मेदवारलाई अपमान गरेको छैन

हेटौँडा । चितवन २ मा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस नेता जितनारायण श्रेष्ठले यो उपनिर्वाचन आफ्नै लागि हुन लागेको दाबी गरेका छन् ।

आफूलाई कहिलेकाहीँ गठबन्धनविरोधीको आरोप लाग्ने गरेको भन्दै श्रेष्ठले भने, ‘जितनारायण श्रेष्ठले कांग्रेस-माओवादीसहितको गठबन्धनलाई जहिल्यै पनि सहयोग गरेको छ र कहिले गठबन्धनका उम्मेदवारलाई अपमान गर्ने काम गरेको छैन ।’

मनोनयन गर्न जानुअघि भएको सभामा बोल्दै उनले आफू चितवनको जनताको सेवक बन्नको लागि चुनावी मैदानमा होमिएको बताए । आफू चितवन-२ को सबै कुना कन्दराको बाटो कस्को घरमा पुग्छ, कुन ठाउँमा के समस्या छ भन्नेबारे जानकार भएको भन्दै श्रेष्ठले चितवन क्षेत्रमा पर्ने हरेक समस्यामा आफू समाधान बनेर उभिएको जिकिर गरे ।

‘मैले चाहेको भए व्यापार गर्न सक्थेँ, प्रोफेसर बनेर जागीर खानसक्ने हैसियतको व्यक्ति हुँ । तर, राजनीतिमार्फत समाजसेवा गर्ने भित्री इच्छाअनुसार दशकौंबाट काम गर्दै आएको छु । यो उपनिर्वाचनबाट जनताले एउटा काम गर्ने सेवकलाई जिताएर सांसद भवन छिराउने विश्वास छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर