चितवनको मिसन ग्रासरुटमा खटिएका गोकुल बाँस्कोटा उपचुनावको फिल्ड कमाण्डर भूमिकामा देखिए – Nepal Press

चितवनको मिसन ग्रासरुटमा खटिएका गोकुल बाँस्कोटा उपचुनावको फिल्ड कमाण्डर भूमिकामा देखिए

चितवन । मिसन ग्रासरुटको कमाण्डर बनेर चितवनमा खटिएका एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा चितवन २ को उपचुनावमा फिल्ड कमाण्डरको भूमिकामा देखिएका छन् ।

एक महिनायता पश्चिम चितवनमा खटिएका बाँस्कोटा उपचुनावको चहलपहलसँगै भरतपुरमा खटिएका छन् । उपनिर्वाचनमा एमाले उम्मेदवार राम न्यौपानेको उम्मेदवारी दर्ताका लागि बाँस्कोटा भरतपुर पुगेका हुन् ।

उम्मेदवारी दर्ताअघि पार्टी कार्यालयमा बाँस्कोटालाई जिल्लाका नेताहरूले स्वागत गरेका छन् । उनले राम न्यौपाने युवा र स्थानीय उम्मेदवार भन्दै मंसीर ४ को गल्ती अब चितवन २ का जनताले सच्याउँने दाबी गरेका छन् ।

एमाले जिल्ला अध्यक्ष न्यौपाने युवा र परीक्षण पनि नभएका लोकप्रिय नेता भन्दै ‘नो नट अगेन’ वाला अभियन्ताहरूले पनि यसपटक राम न्यौपानेलाई जिताउनुपर्ने बाँस्कोटाको भनाइ छ ।
केहीबेरमा बाँस्कोटासहित नेताहरू निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ताका लागि जाँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर