ब्राण्ड सद्भावना दूत अनुप विक्रम शाही टीभीसीको जोखिमपूर्ण स्टन्टमा – Nepal Press

ब्राण्ड सद्भावना दूत अनुप विक्रम शाही टीभीसीको जोखिमपूर्ण स्टन्टमा

काठमाडौं । माउण्टेन ड्युले ब्राण्ड सद्भावना दूत अनुप विक्रम शाहीको नयाँ टीभीसी सार्वजनिक गरेको छ ।

उक्त फिल्म अनुपले एउटा कार्गो प्लेनमा उच्च स्थानबाट बिना सहायता हाम फाल्ने स्टण्ट गर्न लागेकोबाट शुरु हुन्छ । स्टण्टको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेको हुन्छ ।

अनुपको समूहले स्टण्टको जोखिम स्थानमा औँल्याउँछ तब सबैले अनुपले आफ्नो अगाडि आएको छनौटको मूल्याङ्कन गरेर चिन्ता लिएको देखिन्छ । अनुपले माउण्टेन ड्युको एक चुस्की पिएपछि मुहारमा आएको दृढता र चुनौतीको सामना निर्धक्क पूर्वक गरेकाे टीभीसीमा देखाइएकाे छ ।

फिल्ममा माउण्टेन ड्युको विश्वासलाई दर्साइएको छ ।

नयाँ माउण्टेन डिउ प्रचार अभियान र टीभीसी टिभी, डिजिटल, आउटडोर र सोसल मिडियाभर व्यापक रुपमा प्रचार प्रसार गरिने कम्पनीले बताएको छ । ड्यु आधुनिक एवं परम्परागत पसलका साथसाथै अग्रणी इ–कमर्स प्लेटफर्म भरी सिंगलरमल्टि सर्भ प्याकमा उपलब्ध रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर