महिन्द्रा कारको सर्भिसिङ सेन्टरमा आगलागी – Nepal Press

महिन्द्रा कारको सर्भिसिङ सेन्टरमा आगलागी

काठमाडौं । कुपण्डोलमा रहेको महिन्द्रा कारको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार बिहान ४ः४० बजे देखी सो सर्भिसिङ सेन्टरमा आगलागी सुरु भएको हो ।

आगलागीमा सातवटा कार जलेका छन् । यस्तै तीन मोटरसाइकल र तीनवटा स्कुटरपनि जलेर नष्ट भएको बताइएको छ ।

आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *