एलपी ग्याँस बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एकको मृत्यु – Nepal Press

एलपी ग्याँस बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एकको मृत्यु

चितवन । एलपी ग्याँस बोकेको भारतीय ट्याङ्कर पल्टिँदा एक जनाको मृत्यु भएको छ।

चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्याङ्कर अनियन्त्रित भई सडक छेउमा पल्टिँदा सो ट्याङ्करमा सवार एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

मृतकको नाम पहिचान हुन सकेको छैन । सो दुर्घटनामा परेर अर्का एक जना गम्भीर घाइते भएका छन् भने घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *