एमाले भोजपुरको डिजिटल अभियान : सदस्यता वितरण, नवीकरण गर्न जिल्लाभर शिविर चलाउने – Nepal Press

एमाले भोजपुरको डिजिटल अभियान : सदस्यता वितरण, नवीकरण गर्न जिल्लाभर शिविर चलाउने

भोजपुर । नेकपा एमालेले भोजपुरमा ‘डिजिटल सदस्यता’ अभियान थालेको छ । अभियानअन्तर्गत जिल्लाका ९ वटै पालिकाका ३ देखि ५ जनालाई तालिम प्रदान गरियो ।

नयाँ सदस्यता वितरण, नवीकरण र अद्यावधिक गर्न यही चैत २५, २६ र २७ गते वडास्तरमा शिविर चलाइने एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले जानकारी दिए ।

आइतबार तालिमप्राप्त पालिकाका प्रतिनिधिहरूले जिल्लाका ८१ वटै वडामा पुगेर शिविर चलाउने राईले बताए । उनका अनुसार पार्टीको एप र सफ्टवेयर अनुसार जिल्लाका सबै सदस्यहरूको तथ्यांक डिजिटलाइज हुनेछ ।

‘यसले सांगठानिक काममा पनि चुस्तता आउने विश्वास लिएका छौं । एकातिर सदस्यतासम्बन्धी विवरण पेपरलेस हुनेछ भने अर्कोतिर सदस्य स्वयंले पनि आफ्नो सदस्यतासम्बन्धी सम्पूर्ण विवरण मोबाइलबाटै थाहा पाउन सक्नेछन् ‘, अध्यक्ष राईले भने ।

‘सदस्यता प्राप्ती र नवीकरणमात्र होइन, पुराना सदस्यले अहिलेसम्म पार्टीमा गरेको योगदान, पार्टीले गरेको मूल्यांकन, पार्टीका सम्पूर्ण गतिविधि एपमा देख्न सकिन्छ । हरेक पार्टी सदस्यको राजनीतिक तथा सामाजिक जीवन, पार्टीमा आबद्ध भएको मिति, गरेका महत्वपूर्ण कामजस्ता विवरण यहाँ समावेश हुन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर