बारा २ मा एमालेबाट पुरुषोत्तम पौडेल बने उम्मेदवार – Nepal Press

बारा २ मा एमालेबाट पुरुषोत्तम पौडेल बने उम्मेदवार

काठमाडौं । नेकपा एमालेले उपनिर्वाचनका लागि बारा २ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको समय तय भएको छ । मनोनयनको केही घण्टाअघि मात्रै एमालेले उम्मेदवार टुंगोलगाएको हो ।

यसअघि साबिक बारा ३ र ६ बाट चुनाव जितेका पौडेलले पछिल्लो २ पटक टिकट पाएका थिएनन् । मंसिरको निर्वाचनमा यहाँ एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।

यो उपनिर्वाचनमा बारा दुईमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर