सिकाइलाई जीवनमा लागू गर्नु पर्छ : सांसद शारदा देवी थापा – Nepal Press

सिकाइलाई जीवनमा लागू गर्नु पर्छ : सांसद शारदा देवी थापा

बर्दिबास । तालिममा सिकेका सिकाइहरुलाई निसन्देह दैनिक जीवनमा लागू गर्नुपर्नेमा मधेश प्रदेश सभा सांसद शारदा देवी थापाले जोड दिएकी छन् ।

महोत्तरीको बर्दिबासस्थित सत्कर्म कृषि सहकारीले संचालन गरेको वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको समापन कार्यक्रममा बोल्दै उनले विशेषतः तालिम लिनु सकारात्मक पक्ष भएपनि व्यवहारमा भने कमै लागू हुने पाइएकोमा चिन्ता व्यक्त गरिन् ।

समापन कार्यक्रममा सांसद थापाले फजुल खर्च व्यवस्थापनबारे जानकारी मुलक तालिम संचालन गरेकोमा खुशी व्यक्त गरिन् ।

फचुल खर्च कम गरी बचत गर्ने बानी सिकाउँदै महोत्तरीको बर्दिबासमा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम समापन भएको हो ।

बर्दिबास नगरपालिकाका विभिन्न वडामा पाँच समूहलाई फागुन १६ गतेदेखि चैत्र १८ गते सम्म पाँच समूहमा विभाजन गरी तालिम संचालन गरिएको सत्कर्म कृषि सहकारी संस्था लिमिटेड बर्दिबासले आयोजना गरेको हो ।

बर्दिबास नगरपालिकाका विभिन्न समूह, सहकारीमा आवद्ध महिलाहरुलाई वित्तीय सेवा सम्बन्धी आवश्यक ज्ञान तालिममा प्रदान गरिएको सत्कर्म कृषि सहकारी संस्थाकी व्यवस्थापक एवं प्रशिक्षक अम्बिका बानियाँले बताइन् ।

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को प्राविधिक तथा आर्थिक सहयोगमा भएको तालिममा बर्दिबास नगरपालिकाका वडाहरुमा पाँच चरणमा सञ्चालन गरिएको सत्कर्म सहकारीकी अध्यक्ष सुशीला थापाले बताइन् । पाँच चरणमा संचालन गरिएको तालिममा महिला पुरुष गरी १२९ जना लाभवान्वीत भएका छन् ।

तालिममा सहभागीहरुलाई जीवनका आवश्यकताहरुलाई विचार गरी वित्तीय लक्ष्य वा योजना बनाउन, वित्तीय सेवासम्बन्धी आवश्यक सूचनाहरु प्रदान गर्न, गलत सेवा प्रदायकहरुको छनोटबाट हुन सक्ने हानी, नोक्सानीबाट बचाउन, बचत ऋण, बीमा, विप्रेषण आदिको सही सदुपयोग गरी आफ्नो पारिवारिक आम्दानी बढाउने विषयमा जानकारी गराइएको थियो ।

दैनिक जसो सहकारी तथा लघुवित्तहरु सञ्चालक फरार भएको, मिटर व्याज सम्बन्धी समाचार सुनिरहेका वित्तीय संस्थालाई विश्वास गर्ने वातावरण नभएकोले यस्ता तालिमहरुले सही मार्गदर्शन गर्न सहज भएको तालिम समापन कार्यक्रममा बोल्दै बर्दिबास नगरपालिकाका नगर कार्य समिति सदस्य लक्ष्मी कोइरालाको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर