अञ्जु पन्तको स्वरमा ‘मायाको रातो रुमाल’ सार्वजनिक (भडिओ) – Nepal Press

अञ्जु पन्तको स्वरमा ‘मायाको रातो रुमाल’ सार्वजनिक (भडिओ)

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा नयाँ गीत ‘मायाको रातो रुमाल’ सार्वजनिक भएको छ । निर्देशक गम्भीर विष्टको निर्देशनमा तयार भएको गीतमा नायिका वर्षा सिवाकोटी र अस्तित्व भट्टचनलाई देख्न सकिन्छ । अस्तित्वको यो डेब्यु म्युजिक भिडिओ हो । निर्देशक विष्टले ‘मायाको रातो रुमाल’ बाट अस्तित्वलाई डेव्यू गराएका हुन् ।

विष्टले रोमाञ्चक तरिकाले भिडिओमा आफ्नो निर्देशनिय कला भरेका छन। वर्षा र अस्तित्वको नोकझोक, नृत्य र माया प्रेमको दृश्यले भिडियोलाई थप रोचक बनाएको छ । रोमाञ्चक प्रेम कहानीले भरिएको भिडिओमा वर्षा-अस्तित्वको अब्बल अभिनय देख्न सकिन्छ ।

पन्तको स्वर रहेको सार्वजनिक गीतमा ज्योती प्रकाशको संगीत छ । गीतका शब्द चन्द्र भट्टचनका हुन् । गीतमा सुबोल थापाको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको कलर करेक्सन र विष्णु अधिकारीको एरेन्ज रहेको छ ।

‘सोम भट्टचन’ को ब्यानर्समा निर्माण भएको भिडिओ ओ.एस.आर डिजिटल युटउब च्यानलबाट सार्वजनिक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *