लघुवित्तको समस्या समाधानका लागि राष्ट्र बैंकले माग्यो सुझाव – Nepal Press

लघुवित्तको समस्या समाधानका लागि राष्ट्र बैंकले माग्यो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तको समस्याको समाधानबारे सुझाव मागेको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले वर्तमानमा देखिएको लुघवित्तको समस्या र समाधान गर्नुपर्ने विषयका बारेमा सुझाव माग गरेको हो ।

वैंशाख २० गते राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा पुग्ने गरी पठाउँन केन्द्रीय बैंकले भनेको छ । आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाश श्रेष्ठको संयोजकत्वमा लघुवित्त वित्तिय संस्थाको वर्तमान समस्या र समाधानका उपायको विषयमा अध्ययन गर्न समिति गठन भएर काम सुरु भएको छ ।

सोही अनुसन्धानलाई सघाउन समस्या र समाधानको विषयमा सुझाव मागिएको केन्द्रीय बैकले जनाएको छ । पछिल्ले समय लघुवित्त विरुद्ध ऋणीहरु सडकमा आएर आन्दोलन समेत गरिरहेका छन् । साथै लघुवित्तका कर्मचारीमाथि हातपात जस्ता घटना पनि घटिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर