कोशीमा एमाले सरकारमाथि जसपाको समर्थन कायमै रहन्छ : अशोक राई – Nepal Press

कोशीमा एमाले सरकारमाथि जसपाको समर्थन कायमै रहन्छ : अशोक राई

विराटनगर । जसपा संघीय परिषद् अध्यक्ष एवं शिक्षामन्त्री अशोक राईले कोशी प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन जारी रहने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले संघमा जस्तोसुकै समीकरण भए पनि कोशी प्रदेश सरकारलाई दिएको समर्थनलाई जसपाले निरन्तरता दिने प्रष्ट्याएका हुन् ।

केन्द्र र प्रदेश सरकारमा फरक-फरक दलसँग किन गठबन्धन गरेको ? भनी गरिएको प्रश्नमा राईले प्रदेश सरकार केन्द्रीय सरकार मातहतको निकाय नभएको बताए ।

उनले भने, ‘केन्द्र र प्रदेश सरकारको बेग्ला बेग्लै महत्व छ । केन्द्र र प्रदेश अधिकार सम्पन्न संवैधानिक संस्था हो । परिवेशअनुसार एकअर्कोसँग मिलेर सरकार गठन गर्ने संवैधानिक अधिकार दलसँग सुरक्षित छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर