व्यवसायीलाई अर्थमन्त्री महतले भने- गभर्नरसँग भेटेर सँगै अघि बढ्न सहमति गरेको छु – Nepal Press

व्यवसायीलाई अर्थमन्त्री महतले भने- गभर्नरसँग भेटेर सँगै अघि बढ्न सहमति गरेको छु

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले उद्योगी वयवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनीधिसँग भेट गरेका छन् ।

शुक्रबार पदवहाली हुनेवित्तिकै महासंघ अध्यक्ष शेखर गोल्छालाई टेलिफोन गरी सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका अर्थमन्त्रीले आज मन्त्रालयमै बोलाएर सुझाव मागेका छन् ।

महासंघका अध्यक्ष गोल्छाको नेतृत्वमा गएको टोलीले बजारमा तरलता प्रवाह गरेर ब्याज दर घटाउनु पर्ने सुझाव दिएका थिए । उनीहरुले ब्याज घटाउनका लागि केन्द्रीय बैंकसँग पनि ठाउँ रहेको र सरकारले पनि तरलता प्रवाह गरेर ब्याजदर झार्नु पर्ने सुझाव दिए ।

अध्यक्ष गोल्छाले अहिले सरकारसँग राजस्व कम उठेकाले खर्च गर्ने पैसा नरहेको सन्दर्भ जोडेर बाहिरी ऋण उठाएर भएपनि खर्च गर्न सुझाए ।

उनले विगतमा सरकार र केन्द्रीय बैंकमार्फत आयात बन्द हुँदा अवैध कारोबार बढेको उल्लेख गर्दै अहिले आयात खुल्दा पनि अवैध कारोबार नघटेको बताए ।

‘त्यसबेला सुरु भएको अभ्यास अहिले पनि जारी छ। अहिले पनि अवैध आयात भइरहेको छ’ उनले भने, ‘राज्य संयन्त्र पूर्ण रुपमा प्रयोग गरेर सीमाबाट हुनै अवैध आयात रोक्नु पर्छ। त्यसपछि राजस्वमा पनि वृद्धि हुन्छ ।’

अध्यक्ष गोल्छाले चार वटा विषयहरुमा तत्काल काम गर्नु पर्ने सुझाव अर्थमन्त्रीलाई दिएका छन्।

भोटमा अर्थमन्त्री महतले निजी क्षेत्रलाई साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । धेरै विषयहरु केन्द्रीय बैंकसँग सम्बन्धित भएको भन्दै महतले नेपाल राष्ट्र बैंकका गभर्नरसँग कुराकानी भएको र सँगै अगाडि बढ्नेमा सहमत भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर