दोहोरो अंकले घट्यो नेप्से – Nepal Press

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक २०.०० अंकले घटेर १८८८.५५ बिन्दुमा कायम भएको छ ।

अघिल्लो दिन बिहीबार मात्रै १०.८७ अंकले घटेको बजारमा आज ३७ लाख ८७ हजार २ सय ४१ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा कालिन्चोक दर्शन, सिटिजन म्युचुअल फण्ड र जीवन विकास लघुवित्त रहेका छन् ।

सर्वाधिक गुमाउनेमा भने स्वाभिमान लघुवित्त ८.६ प्रभु डिबेन्चर, कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्था रहेका छन् ।

त्यसैगरी, उप समूहतर्फका १३ वटै समूहको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया

One thought on “दोहोरो अंकले घट्यो नेप्से

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर