कास्कीमा जातीय छुवाछूत गर्नेमाथि कारवाहीको माग – Nepal Press

कास्कीमा जातीय छुवाछूत गर्नेमाथि कारवाहीको माग

दलित समुदायका लागि गणतन्त्र र लोकतन्त्रले छोएको छैन : शिव नेपाली

काठमाडौं । कास्कीमा भएको जातीय छुवाछूतको घटनामा संलग्न दुई जना व्यक्तिमाथि कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)का सांसद शिव नेपालीले माग गरेका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

कास्कीबाटै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रास्वका सांसद नेपालीले कास्कीमा गत फागुन २५ गते दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको र उक्त घटनामा वडा अध्यक्ष रामजी लामिछाने र स्थानीय सरतिा लामिछानेमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

उनले फरार रहेका दुवै जनालाई पक्राउ गरेर कानूनी कटघरामा ल्याउन माग गरेका हुन् । २१ औ शताब्दीमा पनि यस्तो छुवाछुतजन्य कार्य हुनु निन्दनीय कार्य भएको उनको भनाई छ । देशमा लोकतान्त्रिक गणतन्त्र आए पनि दलित समुदायलाई लोकतान्त्रिक गणतन्त्रले नछोएको नेपालीको टिप्पणी छ ।

उनले भने, माननीय सभामुख महोदय, दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको भन्ने शिर्षकमा समाचार आएको छ कास्किमा । कास्की जस्तो शिक्षित शहरमा गत फागुन २५ गतेको घटना, दलितले छोएको भन्दै भतेर घोप्ट्याउने घटना भएको स्थान हो ।

जुन अति निन्दनीय काम भएको छ । फरार वडा सदस्य रामजी लामिछाने र स्थानीय सरिता लामिछानेलाई म कडा भन्दा कडा सजाय दिनहुन यो सम्मानित सदनबाट सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । यो २१ औ शताब्दिमा सभामुख महोदय, यो निन्दनीय कार्य जुन दलितमाथी भइरहेको छ । यो एकदमै खेदपुर्ण छ ।

गणतन्त्र आयो, लोकतन्त्र आयो भनेर भाषणमा मात्रै भनेका छौ । सम्बन्धित यो समुदाय (दलित)लाई कहिले पनि यो गणतन्त्र र लोकतन्त्रले छोएको छ जस्तो लाग्दैन । त्यसै कारणले गर्दा फरार रहेका व्यक्ति वडा अध्यक्ष रामजी लामिछाने र स्थानीय सरिता लामिछाने कडा भन्दा कडा कारवाही गरियोस ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर