चितवनमा रास्वपाको चुनावी अभियान सुरू, मतदातामाझ एकसाथ देखिए रवि र स्वर्णिम – Nepal Press

चितवनमा रास्वपाको चुनावी अभियान सुरू, मतदातामाझ एकसाथ देखिए रवि र स्वर्णिम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन २ मा हुने उपनिर्वाचनको लागि आफ्नो चुनावी अभियान सुरू गरेको छ । आज सो पार्टीका सभापति रवि लामिछाने र हालै पार्टी प्रवेश गरेका अर्थविद डा. स्वर्णिम वाग्ले चितवनका मतदातामाझ एकसाथ प्रस्तुत भए ।

रविले फोहोर राजनीतिलाई सफा गर्नका लागि स्वर्णिम जस्ता व्यक्तिहरू साहस गरेर आएको भन्दै आफूहरूलाई विश्वास गर्न मतदातालाई आग्रह गरेका थिए ।

त्यस अवसरमा वाग्लेले पाँच महिनाकै प्रयासमा ठूलो धक्का दिएर राजनीतिमा चमत्कार गरेको भन्दै रविको प्रशंसा गरे ।

उनले भने, ‘हामी पनि उहाँलाई होस्टेमा हैंसे गर्न दिनलाई भनेर आएका छौं । देशमा कुशासनको विकृति, हरेक नियुक्तिहरू बिक्री गर्ने परिपाटी र सार्वजनिक संस्थाहरू कब्जा गर्ने काम अब बन्द हुनुपर्छ । अब हामी भ्रष्टाचारको फाइलहरू खोल्नेछन् । त्यसैले सबै त्राहिमाम भएर बसेका छन् ।’


प्रतिक्रिया

One thought on “चितवनमा रास्वपाको चुनावी अभियान सुरू, मतदातामाझ एकसाथ देखिए रवि र स्वर्णिम

  1. डा. स्वर्णिम वाग्ले नेपालको राजनीतिमा दोस्रो डा. बाबुराम भट्टराई बनेका छन्।हिजो डा. भट्टराईलाई कम्न्युनिष्ट क्रान्तिका नाममा देशमा हत्याहिंसा र ध्वंस मच्चाइएको थियो।आज डा. वाग्लेलाई लोकतन्त्रको नाममा देशमा नियन्त्रित अस्थिरता बढाउन विभाजन र शासनको नीतिलाई सफल बनाउने रणनीति नै हो। पात्रहरूको नियत चिनौं र होसियार बनौं!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर