एउटा प्रतिवेदन लुकाएर अर्को आयोग बनाइनु मीटरव्याजपीडितमाथि धोका हो : सांसद ठाकुर गैरे – Nepal Press

एउटा प्रतिवेदन लुकाएर अर्को आयोग बनाइनु मीटरव्याजपीडितमाथि धोका हो : सांसद ठाकुर गैरे

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले मिटरव्याजीपीडितलाई सरकारले फेरि धोका दिएको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा गैरेले मिटरव्याजपीडितमाथि धोका भएको बताए ।

सांसद गैरेले भने, ‘सरकारले मिटरव्याजीपीडितहरूलाई फेरि धोका दियो । एउटा आयोगको प्रतिवेदन लुकाएर अर्को आयोग बनाउनु पीडितहरूलाई अझै धोका दिने काम भएको छ। पीडितका नाममा अनेक व्यक्ति र समूहका चलखेल भएका छन् ।’

उनले आयोगमाथि आयोग बनाउँदा पीडितहरूले न्याय पाउने भन्दा पीडकहरूलाई उन्मुक्तिको वातावरण मिल्ने पनि बताए ।

सांसद गैरेले शून्य समय र विशेष समयमा आएका सवालहरूबारे सरकार जवाफदेही हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर