उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नवराजको उम्मेदवारी घोषणा – Nepal Press

उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा नवराजको उम्मेदवारी घोषणा

रुपन्देही । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा रुपन्देहीका नवराज कुँवरले उम्मेदवारी दिने घोषणा गरेका छन् । कुँवर क्यान महासंघका निवर्तमान अध्यक्ष हुन् ।

यही चैत २८ र २९ गते हुने महासंघको अधिवेशनमा १२३ वटा वस्तुगत संघहरूको तर्फबाट निवर्तमान अध्यक्ष कुंवरलाई उम्मेदवार बनाउने निर्णय गरेको क्यान महासंघका अध्यक्ष रञ्जित पोदारले बताए ।

कुँवर एसियन ओसियन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसनका उपाध्यक्ष, उद्योग वाणिज्य महासंघका आईसीटी विकास उपसिमितिका सहसभापति, प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष, आईसीटी अप्टिमिस्ट क्लब अफ काठमाडौंका अध्यक्ष समेत हुन् ।

सूचना प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धधनका लागि निजी क्षेत्रमैत्री नीति र ऐन बनाउन सरकारसँग सहकार्य गर्नेगरी क्यान महासंघको तर्फबाट उम्मेदवारी दिने निर्णय भएको अध्यक्ष पोदारले बताए ।

अत्यधिक करका कारण नेपालको इन्टरनेट सेवा दक्षिण एशियामै महँगो रहेकाले सस्तो र गुणस्तरीय बनाउन, सूचना प्रविधि तथा सम्बन्धित व्यवसायमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, डिजिटल साक्षरता बृद्धि, सकेसम्म सबै कारोबार डिजिटल, विदेशी लगानी प्रवद्र्धन, डिजिटल अर्थतन्त्र निर्माण, उद्योग वाणिज्य महासंघलाई डिजिटल बनाउँदै वृहत राष्ट्रिय सञ्जालको निर्माण, स्टार्टअप र इन्नोभेसनलाई प्रवद्र्धन आफ्नो मुख्य एजेण्डा रहेको कुंवरले बताए ।

रुपन्देहीबाटै यसअघि उज्ज्वल कसजू र भिष्म न्यौपानेले पनि महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर