बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय – Nepal Press

बारा २ मा उपेन्द्र यादवलाई सघाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले बारा २ को उपचुनावमा जसपालाई सघाउने भएको छ ।

सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले वैशाख १० गते हुने उपचुनावका लागि उपेन्द्र यादवलाई गठबन्धनको साझा उम्मेदवार बनाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए ।

यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई अघि सार्ने भएको छ । लोसपाबाट राजेन्द्र महतोको चर्चा छ । एमालेले निर्णय गरिसकेको छैन ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर