जसपा सांसद अन्सारीले लिइन् शपथ (भिडिओ) – Nepal Press

जसपा सांसद अन्सारीले लिइन् शपथ (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्य बनेकी मञ्जु शर्मा अन्सारीले शपथ लिएकी छन् ।

सभामुख देवराज घिमिरेले आइतबार सिंहदरबारमा अन्सारीलाई पद तथा गोपनीयताको शपथ गराए । समानुपातिक निर्वाचन प्रणालीबाट जसपा नेपालको समावेशी समूह, मुस्लिम-महिलामा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त पदमा जसपाले अन्सारीको नाम सिफारिस गरेको थियो ।

निर्वाचन आयोगले चैत ६ गते अन्सारीलाई प्रतिनिधिसभा सदस्य निर्वाचित गरेको घोषणा गरेको थियो ।

२०४६ सालमा तत्कालीन नेपाल सद्भावना पार्टीबाट राजनीति सुरू गरेकी अन्सारीले पार्टीनिकट सद्भावना महिला मञ्चको केन्द्रीय अध्यक्षसम्मको जिम्मेवारी सम्हालेकी थिइन् । २०६४ सालमा भएको मधेस आन्दोलनमा सहभागी अन्सारी उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट २०६४, २०७० र २०७४ सालमा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा थिइन् ।

उनी मधेसी जनअधिकार फोरमको केन्द्रीय सदस्य, उपत्यका ईञ्चार्ज हुँदै अहिले जनता समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य छिन् ।

शपथपछि अन्सारीले प्रतिनिधिसभा सदस्यका रूपमा आफूले राज्यप्रति इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर