कुशल श्रेष्ठद्वारा निर्देशित ‘यस्तो एउटा संसार’ को म्युजिक भिडिओ सार्वजनिक – Nepal Press

कुशल श्रेष्ठद्वारा निर्देशित ‘यस्तो एउटा संसार’ को म्युजिक भिडिओ सार्वजनिक

काठमाडौं । कुशल श्रेष्ठको निर्देशनमा तयार भएको ‘यस्तो एउटा संसार’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । डेढ दशकदेखि बेलायतमा बसेर म्युजिक भिडिओ सञ्चारकर्ममा व्यस्त निर्देशक श्रेष्ठको निर्देशनमा तयार भिडिओमा अभिनेता ध्रुव दत्तसहित रोजिना ढकालको अभिनय छ ।

निर्देशक श्रेष्ठले ‘यस्तो एउटा संसार’ मा मोडल रोजिनालाई डेव्यू गराएका हुन् । गायक गंगाराज राई र गायिका सुनिता थेगिमको स्वर रहेको यस गीतमा गंगाराजकै संगीत छ । गीतका शब्द जानु काम्बाङ लिम्बूका हुन् । रोमाञ्चिक प्रेम कहानीले भरिएको म्युजिक भिडिओमा ध्रुव-रोजिनाले अब्बल अभिनय देख्न सकिन्छ ।

भिडिओको निर्माण सुमन पुनले गरेकी हुन् । सुमनले बेलायतको राजनीतिसँगै नेपालको गीत संगीतमा विशेष रुची राख्दै आएकी छिन् । गीतमा कोरियोग्राफी एवं मेकअप दीपिका श्रेष्ठको रहेको छ। जसमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर