राष्ट्रपति पौडेल टिचिङ अस्पतालमा उपचाररत, ग्यास्टिकको समस्या – Nepal Press

राष्ट्रपति पौडेल टिचिङ अस्पतालमा उपचाररत, ग्यास्टिकको समस्या

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल गए रातिदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । पेटको दुखाइका कारण उनलाई राति ७ बजेतिर अस्पताल लगिएको थियो ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले अहिले अवस्था सामान्य रहेको बताए । कार्कीका अनुसार राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका छन् ।

राष्ट्रपति पौडललाई अहिले शिक्षण अस्पतालका डाक्टर निरज बमले हेरिरहेका छन् । भीआईपी क्याबिनमा राखेर उपचार गराइरहेका पौडेल आजै डिस्चार्ज हुनसक्ने कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “राष्ट्रपति पौडेल टिचिङ अस्पतालमा उपचाररत, ग्यास्टिकको समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *