कांग्रेस कार्यसम्पादन बैठकअघि सानेपामा नेविसंघको धर्ना र नाराबाजी, सुरक्षामा कडाइ – Nepal Press

कांग्रेस कार्यसम्पादन बैठकअघि सानेपामा नेविसंघको धर्ना र नाराबाजी, सुरक्षामा कडाइ

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले नाराबाजी गरेका छन् ।

पार्टीको कार्यसम्पादन समिति बैठकअघि नाराबाजीले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

नेविसंघ का सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै सानेपामा जारी अनसनको समर्थनमा नाराबाजी भएको हो ।

पार्टी कार्यालय परिसरमा नाराबाजी भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पार्टी कार्यालय छिर्ने गेटबाट छिर्ने सबैलाई चेकजाँच गर्न थालिएको छ ।

समिति सदस्य बाहेक अन्यलाई प्रवेश गर्न दिइएको छैन ।

तस्बिरहरू : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर