‘सरकारलाई निजी क्षेत्रको महत्व बुझाउन सकेका छैनौं, अब फेरिएको महासंघ देख्नुहुनेछ’ (भिडिओ) – Nepal Press
नेपाल टक

‘सरकारलाई निजी क्षेत्रको महत्व बुझाउन सकेका छैनौं, अब फेरिएको महासंघ देख्नुहुनेछ’ (भिडिओ)

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष उम्मेदवार श्रेष्ठ भन्छन्- देशको अर्थतन्त्रमा कसरी सुधार ल्याउने भन्ने हाम्रो एजेन्डा हो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा चैत २८ र २९ गते हुँदैछ । साधारणसभाले महासंघका वरिष्ठ उपाध्यक्ष र अन्य उपाध्यक्षलगायत सदस्यहरु चयन गर्दैछ । हालका वरिष्ठ उपाध्यक्ष बैशाख १ गते स्वतः अध्यक्ष बन्दैछन् । जसले गर्दा अध्यक्षबाहेक अन्य पदहरुमा निर्वाचन हुँदैछ ।

सोही साधारणसभाअन्तर्गत महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । महासंघमा के के काम गर्ने उद्देश्यले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको हो ? निजी क्षेत्र र सरकारको भूमिका कस्तो हुनुपर्छ ? अहिलेको आर्थिक संकट कसरी समाधान गर्न सकिन्छ ? लगायतका एजेन्डामा उनै उमेशलाल श्रेष्ठसँग नेपालप्रेसकर्मी राजाराम न्यौपानेले गरेको कुराकानीः

– नेपाल उद्योग वाणिज्य महासंघको चुनावी तयारी कस्तो चल्दैछ ?

चुनावको तयारी राम्रो भइरहेको छ । देश दौडाहा सकिसकेको छ । देशभरको जिल्ला, नगर र संघको भम्रण गरिसकेको छु । अब निर्वाचनसम्म काठमाडौंमै रहन्छु ।

– अघिल्लो पटकभन्दा यस पटक महासंघको चुनावी रौनक कम हो ?

मलाई त्यस्तो लाग्दैन । अब केही दिनमै काठमाडौंमा महासंघको चुनावी रौनक देखिनेछ । उम्मेदवारहरुको घोषणा कार्यक्रम नै बाँकी छ । चैत २८ गते हुने साधारणसभाका लागि उद्योगी व्यवसायीहरु विभिन्न जिल्लाबाट काठमाडौं आउनुहुन्छ । त्यसपछि रौनक देखिने हो । अब विस्तारै रौनक वृद्धि हुँदै जान्छ ।

– तपाईंहरु चुनावी माहोलमा हुनुहुन्छ । तर, देशको अर्थतन्त्र बिरामी छ । उद्योगी व्यवसायीहरु ब्याजदर र बैंकको ऋण तिर्न नसकिने भनिरहेका छन् । महासंघले कसरी हेर्छ ?

हाम्रो एजेन्डा भनेको जहिले पनि एउटै हुन्छ । उद्योगी र व्यापारिक संघहरुको यस्तै हो । नेताहरुको जस्तो पुल बनाउने, घर बनाउने एजेन्डा हुँदैन । देशको अर्थतन्त्रमा कसरी सुधार ल्याउने भन्ने हाम्रो एजेन्डा हो । सरकारले यस्तो नाजुक अवस्थामा अलिकति पनि सहयोग गर्न खोजेको छैन । सरकारले आर्थिक क्रान्ति गर्छु भन्ने तर केही पनि नगर्ने प्रचलन छ । सरकारको कारणले नै हामी पिल्सिएका र दबिएका छौं ।

देशको अर्थतन्त्रमा कसरी सुधार ल्याउने भन्ने हाम्रो एजेन्डा हो । सरकारले यस्तो नाजुक अवस्थामा अलिकति पनि सहयोग गर्न खोजेको छैन । सरकारले आर्थिक क्रान्ति गर्छु भन्ने तर केही पनि नगर्ने प्रचलन छ । सरकारको कारणले नै हामी पिल्सिएका र दबिएका छौं ।

– सरकारले निजी क्षेत्रको सहयोग बिर्सेको होला र ?

विकास नभई अर्थतन्त्र माथि उठ्दैन । सामान्यभन्दा विकास बजेट ठूलो नभएसम्म नेपालको अर्थतन्त्रले फड्को मार्दैन । देशलाई विकास गर्ने नै एजेन्डाले हो । निजी क्षेत्रको विकासपछि देशको पनि विकास हुने हो ।

– महासंघको घर बनाउनु पर्नेछ । त्यो पनि एजेन्डा नै हो ?

मुख्य एजेन्डा भनेको निजी क्षेत्रलाई कसरी सबल बनाउने, निजी क्षेत्रले सरकारसँग कसरी अडान लिएर आफ्नो कुरा राख्ने र निजी क्षेत्रलाई सरकारबाट कसरी सहयोग दिलाउने भन्ने नै हो ।

– तपाईंलाई उद्योगी व्यवसायीले किन चुन्ने ?

त्यो त इतिहास हेर्ने हो । बाँकी अरु होइन । मेरो पारिवारिक इतिहासभन्दा पनि कर्मको इतिहास हेर्ने हो । म वरिष्ठ उपाध्यक्ष बन्नसपर्छ भन्ने युवाहरुको माग हो । मेरोबारेमा राम्रो भनेर मैले बोल्दा राम्रो हुँदैन । अहिलेको समयमा म जस्तो व्यक्ति वरिष्ठ उपाध्यक्ष आवश्यक छ । म जमिनबाट माथि आएको व्यक्ति हो । केही नभएको मैले ४० वर्षअघि ४-५ सय तलब खाएर जीवन सुरु गरेको हुँ । विस्तारै व्यवसायमा लागेको हो । अहिले उद्योगमा लागेको ३७ वर्ष भयो ।

मैले अहिले सञ्चालन गरिरहेको औषधि उद्योग नेपालको सबैभन्दा राम्रोमा पर्छ । यो मान्छेले काम गर्न सक्ने रहेछ भन्ने प्रमाण पनि हो । बावुबाजेको न सम्पत्ति पाएको छु न त विरासतमा कुनै व्यापार नै पाएको छु । मेरो बावुबाजेको यसमा कुनै योगदान छैन । तर, म धन्यवाद दिन्छु, मलाई यो संसारमा ल्याइदिनुभयो । म त्यसैले भूईं मान्छे भन्न रुचाउँछु । म छु पनि भूईं मान्छे । म सरलसँगै हक्की पनि छु । जे देख्यो त्यही बोल्नुपर्छ । नेतृत्व गर्ने मान्छेमा स्वार्थ भयो भने बिग्रिन्छ ।

मुख्य एजेन्डा भनेको निजी क्षेत्रलाई कसरी सबल बनाउने, निजी क्षेत्रले सरकारसँग कसरी अडान लिएर आफ्नो कुरा राख्ने र निजी क्षेत्रलाई सरकारबाट कसरी सहयोग दिलाउने भन्ने नै हो ।

– बावुबाजेले गरेको कामको प्रतिफल खाने प्रचलन नेपालमा छ । तपाईं पनि नेकपाको तत्कालीन महासचिव पुष्पलाल प्रधान र सहाना प्रधानको छोरो । बुबाआमाको बिँडो थामौ भन्ने लागेन ?

राजनीतिमा म लागेको भए मेरो तुलना आमाबासँग हुन्थ्यो । उहाँहरुभन्दा म धेरै तल हुन्थे । अमिताभ बच्चनका पनि छोरा छन् । तर, त्यति चर्चा छैन् । उनी नराम्रो मान्छे हैनन् । उनी अमिताभको छोरो भएको कारण नै चलेनन् । जसले पनि उनमा अमिताभ बच्चनको इमेज हेर्न चाहन्छ ।

सायद म राजनीतिमा गएको भए पुष्पलाल र सहाना प्रधानको इमेज हेर्न चाहन्थ्यो होला । त्यो उचाइ म फुलफिल नै गर्न सक्दिनँ थिए होला । मैले राजनीति गरेको भए अहिले सजिलो हुन्थ्यो होला । मैले गरिनँ । एउटा घरबाट एकजना मान्छे राजनीतिमा लागे पुग्छ । सबैले राजनीतिमात्रै गरेर हुँदैन । काम गरेर पनि खानुपर्छ । देशको कलकारखाना, कृषि र मजदुरी पनि गर्नुपर्छ । त्यही आधारले म राजनीतिमा नगएको हो ।

– तपाईंको प्रतिद्वन्द्वी पनि बलियो नै छन् । यस्तो अवस्थामा तपाईं जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?

प्रतिद्वन्द्वीलाई म जहिले पनि बलियो आँक्छु । प्रतिद्वन्द्वीलाई कमजोर आँक्ने गल्ती कहिल्यै पनि गर्दिनँ । यसो भन्दैगर्दा म आफ्नो भोटरलाई विश्वास गर्छु । उहाँहरुले एउटा परिपक्व लिडरलाई छान्नुहुन्छ । यो उद्योगीको नेता हो, राजनीतिको हैन । उद्योगी व्यवसायीले परिपक्व व्यक्ति हेर्नुप¥यो । निजी क्षेत्रको लागि म परिपक्व छु । म तलदेखि जुधेर आएको छु । मलाई साना वेलादेखि उद्योग तथा व्यापारको समस्या थाहा छ । निजी क्षेत्रलाई माथि उठाउन ३० वर्षभन्दा धेरै समय योगदान गरेको छु ।

औषधि उत्पादक संघमा १२ वर्ष रहँदा ९ वर्ष अध्यक्ष भएर काम गरेको छु । औषधि उत्पादक संघ पनि महासंघमा आवद्ध छ । तीन पटक संघमा अध्यक्ष भएर काम गरेपछि साथीहरुले अब नेपाल उद्योग वाणिज्य महासंघमा जानुपर्छ भन्नुभयो । अनि महासंघमा आएँ । महासंघमा आएर उपाध्यक्ष भएर काम गरें । साथीहरुले काम गरेको इज्जत पनि गर्नुहुन्छ । महासंघले क्षमताअनुसार काम गर्न सकेको रहेनछ । क्षमताअनुसार काम गरेको भए निजी क्षेत्रका धेरै समस्या हटिसक्थे ।

सायद म राजनीतिमा गएको भए पुष्पलाल र सहाना प्रधानको इमेज हेर्न चाहन्थ्यो होला । त्यो उचाइ म फुलफिल नै गर्न सक्दिनँ थिए होला । मैले राजनीति गरेको भए अहिले सजिलो हुन्थ्यो होला । मैले गरिनँ ।

मुख्य कुरा हामीले निजी क्षेत्रको महत्व सरकारलाई बुझाउन सकेनौं । जब म मेरो समस्या समाधान गराउन जान्छु भने सरकारले निजी क्षेत्र किन हेर्छ ? यो उमेशको समस्या समाधान गराए पुगिहाल्यो । सरकारले मैले तेरो समस्या समाधान गराए भन्छ अनि सकियो । म कदापि त्यस्तो गर्दिनँ । म महासंघकै समस्या लिएर सरकारकहाँ जानेछु । ममा लोभ र पाप छैन । ४०० को जागिरबाट सुरु गरेको थिएँ । अहिले सुखी जीवन बिताइरहेको छु । मेरो घर छ, परिवार छ, उद्योग र व्यापार छ । त्यसैले पनि अब लोभ छैन । अब निःस्वार्थ भावले महासंघमा बसेर निजी क्षेत्रको लागि काम गर्छु । मेरो अफिसमा नै नगई महासंघको लागि काम गर्नेछु ।

– प्यानल बनाएर चुनावमा गइरहनुभएको छ । सहमति गरेर अगाडि बढ्न सकिँदैन र ?

सकिन्छ किन नसक्नु ! तर, त्यो प्रयत्न हामीले कहिले पनि गरेनौं । हामी जहिले पनि ज्ञापनपत्रमा मात्रै सीमित रह्यौं । मैले ज्ञापनपत्र प्रधानमन्त्री र अर्थमन्त्रीलाई बुझायौं भन्यो, काम सकियो । त्यसरी हुँदैन । विद्यार्थीले पढ्नु जति पढ्यो, मेरो काम सकियो । अब जाँचमा लेख्दिनँ भनेको जस्तो हो यो ।

हाम्रो आन्दोलन राष्ट्र बैंक र सरकारप्रति लक्षित हुनुपर्छ । किनभने सम्बन्धित निकाय तथा नियामक भनेकै यी हुन् । नियामक निकायको भूमिका बृहत छ । हामीले लागू गरेका ऐनकानून वर्षौं पुराना छन् । जसको अवधारणा त्यति बेलाको शासन व्यवस्थामा आधारित थियो । देश जगंबहादुर र महेन्द्रले बनाएको मुलुकी ऐनमै चलेको छ । यो ऐनको सुधार किन हुँदैन ? त्यति बेला नेपालमा उत्पादन हुँदैन थियो र त्यहीअनुसारको ऐन थियो ।

विदेशबाट वस्तु आयात हुने गरेको थियो । नेपालमा उत्पादन खासै थिएन । विदेशी कम्पनी र आयातकर्ताले धेरै नाफा नखाऊन् भनेर ऐन बनाएका थिए । अहिले समय कहाँबाट कहाँ पुगिसक्यो । सबै कुरा परिवर्तन भयो । तर, कानून भने उही पुरानै लागू भइरहेको छ । अहिले नेपाल खुला अर्थतन्त्रमा गइसकेको छ । हाम्रो व्यवस्था पनि समयअनुरुप बनाइनुपर्थ्यो । यो कुरा हामीले सरकारलाई बुझाउन सकेनौं । हाम्रो सबैभन्दा ठूलो दोष यही रह्यो । अब यसलाई सुधार्नुपर्छ । अब बैशाख १ गतेदेखि फेरिएको महासंघ देख्नुहुनेछ ।

– उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र नेपाल चेम्भरलाई एउटै बनाउन सकिँदैन ? निजी क्षेत्रको आवाज उठाउन ३ वटा संस्था नै चाहिने हो ?

अन्तर्राष्ट्रियस्तरमा यस्तो २ देखि ४ संस्था रहेका छन् । यसको गठन आवश्यकताले हुन्छ । कुनै अहंले पनि हुने गर्छ । नेपालको परिवेशमा कसरी गठन भयो भन्ने हो । हामीकहाँ पहिलो संस्था नेपाल च्याम्बरबाट नेपाल उद्योग वाणिज्य महासंघ बनेको हो । नेपाल चेम्बर फैलिँदैन भनेर त्यति बेला १३ वटा जिल्लालाई लिएर नेपाल उद्योग वाणिज्य महासंघ बनाइएको थियो ।

मुख्य कुरा हामीले निजी क्षेत्रको महत्व सरकारलाई बुझाउन सकेनौं । जब म मेरो समस्या समाधान गराउन जान्छु भने सरकारले निजी क्षेत्र किन हेर्छ ? यो उमेशको समस्या समाधान गराए पुगिहाल्यो ।

राजनीतिमा भए जस्तै यसमा पनि दुई वा दुईभन्दा धेरै हुनु स्वाभाविक र उपयोगी नै हुन्छ । एउटै हुने कुरामा भने सबैले इच्छाएको विषय हो ।

– महासंघले ल्याएको भिजन पेपर सन् २०३० जसले १०० अर्ब डलरको अर्थतन्त्र बनाउने भनेको थियो । त्यसका लागि केही नीतिगत सुधारको कुरा बेला बेलामा उठाउँदै पनि आएको छ । यसको कार्यान्वयन अलपत्र परेको हो त ?

हामीले सरकारलाई दबाब दिएर स्वामित्व लिन लगाउनुपर्ने विषय थियो । तर, सकेनौं । निजी क्षेत्र बसेर अब हामी यस्तो गर्छाैं भन्ने कुरा राम्रो हो । भिजन पेपर बनाउनु नराम्रो थिएन । तर त्यसलाई सरकारले स्वामित्व लिने बनाउन नसक्नु गलत थियो । हामी सरकारको आर्थिक सल्लाहकार हौं ।

– व्यवसायीले आन्दोलन गरिरहेका छन् । आन्दोलन गरेर ब्याजदर घटाउन सम्भव छ त ?

आन्दोलनले जागरुकताका साथ सम्बन्धित नेतृत्वमा चेतना जगाउँछ । यसका साथै गलत प्रचार पनि फैलाउने गर्दछ । सबैभन्दा राम्रो उपाय सरकारलाई पर राख्दै नेपाल राष्ट्र बैंक, निजी क्षेत्र र बैंकको प्रतिनिधि बसेर आर्थिक समस्याको समाधान निकाल्नुपर्छ । तर, यसमा सरकारको साथ आवश्यक रहन्छ ।

कोभिडपछि बैंकसँग प्रचुर मात्रामा तरलता थियो । त्यति बेला जताततै लगानी गर्दा नियामक संस्थाले जाँचबुझ अथवा हेरविचार गरेन । राष्ट्र बैंकले त्यतिबेला केही गर्न सकेन । अहिले निजी क्षेत्रलाई असजिलो बनाउन हुँदैन ।

– महासंघमा राजनीति हावी भएकै हो त ?

खुला रुपमा गरिने कुरालाई राजनीति भनिँदैन । कुनै विचार बोकेर राजनीति गरिँदैन । चुनावको व्यवस्था ऐनले नै दिएको छ । त्यसैले राजनीति भन्न पाइन्छ त ?

कोभिडपछि बैंकसँग प्रचुर मात्रामा तरलता थियो । त्यति बेला जताततै लगानी गर्दा नियामक संस्थाले जाँचबुझ अथवा हेरविचार गरेन । राष्ट्र बैंकले त्यतिबेला केही गर्न सकेन । अहिले निजी क्षेत्रलाई असजिलो बनाउन हुँदैन ।

– महासंघको यसभन्दा अघिको निर्वाचनमा २ वटामात्रै प्यानल थियो । यसपालि ३ वटा छन् । किन बढ्दै गएको छ ?

महासंघप्रतिको रुचिका कारण ३ वटा प्यानल बनेको हो । यसलाई महासंघप्रति लगाव र झुकाव वृद्धि भएछ भनेर बुझ्नुपर्छ । यो स्वाभाविक कुरा हो ।

– महासंघमा राजनीतिक दलको सहयोग हुने गरेको पाइन्छ । तपाईंलाई एमालेको सहयोग त होला नै । माओवादी र एकीकृत समाजवादी आवद्ध उद्योगी व्यवसायीको भोट कसरी लिनुहुन्छ ?

म कुनै पार्टीसँग झुकाव राख्ने व्यक्ति नभएको र सामान्य भेटघाट हुने कुरा खासै प्रभावकारी हुँदैन । मलाई एमालेको सहयोग छ कि छैन भनेर एमाले अध्यक्षलाई नै गएर सोध्नुस् । मेरो सबैसँग सम्बन्ध राम्रो छ ।

– यस पटक बैशाख १ गतेबाट महासंघको अध्यक्ष हुँदै गरेको चन्द्र ढकालले तपाईंलाई बोक्नुभएको छ रे नि ?

यसभन्दा पहिलाका वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने बेला शेखर गोल्छा पनि कुनै एउटा प्यानलमा लाग्नुभएको थियो । पहिला गोल्छाजीले गलत गर्नुभएको हो । अध्यक्ष हुने कन्फर्म भएको व्यक्तिले कसैलाई पनि बोक्नुहुन । तर, त्यसो भन्दाभन्दै पनि लास्ट चुनावमा गोल्छा र हामीसँगै थियौं ।

म चन्द्रजीले पूरा साथ र सहयोग दिनुहुन्छ भन्ने आश गर्छु । चन्द्र ढकाल खुलेर लागेको भए म पनि खुशी हुन्थे । हामीले त्यो बेला गोल्छाजीको विरोध गर्‍यौं । त्यसैले मलाई मोरली चन्द्रजी यसो गर्दिनुस् भन्न अप्ठ्यारो छ । आफ्नो इच्छाले गर्नुभयो भने म पनि खुशी हुन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर