बाराको प्रसौनीमा एमालेको वैचारिक, राजनैतिक प्रशिक्षण


बारा । नेकपा एमालेको मिसन ग्रास रुट अन्तर्गत बाराको प्रसौनीमा पालिकास्तरीय वैचारिक, राजनैतिक प्रशिक्षण सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा एमालेको र अन्य राजनीतिक दलहरूको राजनीतिक, वैचारिक भिन्नता र कम्युनिष्ट पार्टीको विचारका विषयमा केन्द्रीय सदस्य अरविन्द सिंहले प्रशिक्षण दिएका थिए ।
यस्तै पार्टी निर्माण सम्बन्धी मार्क्सवादी दृष्टिकोण, पार्टी सदस्यहरूका अधिकार, कर्तव्य र कार्यशैलीको विषयमा प्रदेश कमिटी सदस्य किशोर शर्माले प्रशिक्षण दिए ।
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्षका विषयमा प्रदेश कमिटी मनोज पौडेलले प्रशिक्षण दिएका थिए ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाका विषयमा विनोद जैसवाल र रफिक हवारिले समसामयिक राजनैतिक परिस्थिति र पार्टीको दृष्टिकोणका बारेमा प्रशिक्षण दिएका छन् ।
कार्यक्रममा गाउँपालिका कमिटीका संयोजक भगवती न्यौपाने, प्रदेशसभा सदस्य देवनारायण चौधरीले पनि कार्यकर्ताहरूमाझ सम्बोधन गरेका थिए ।