जेलनेल र संघर्षको भत्ता खाने होइन डेलिभरी गर्ने हुटहुटीले रास्वपा रोजेँ : स्वर्णिम वाग्ले – Nepal Press

जेलनेल र संघर्षको भत्ता खाने होइन डेलिभरी गर्ने हुटहुटीले रास्वपा रोजेँ : स्वर्णिम वाग्ले

काठमाडौं । नेपाली कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका अर्थशास्त्री स्वर्णिम वाग्लेले छोटो समयमा देश बनाउने अभियान थाल्न आफूहरू रास्वपामा जोडिएको बताएका छन् ।

शनिवार आयोजित पत्रकार सम्मेलनमा वाग्लेले अब राजनीतिक योगदान र जेलनेल बसेको र संघर्ष गरेको आधारमा भत्ता खाने समय अब सकिएको भन्दै डेलिभरीको लागि प्याराडाइम सिफ्ट भएको बताए ।

उनले भने– अब जेलनेलको भत्ता खाने होइन डेलिभरी दिने समय हो । अब पर्खेर बस्ने समय छैन र यो हाम्रो अभियान त्यसैको संकेत हो । नेपाललाई चाँडै बनाउने अर्जेन्सीका कारण अब पर्खेर बस्ने अवस्था रहेन ।

वाग्लेले पछिल्लो जनसंख्याको विवरण हेर्दा पनि नेपाल तत्कालै बनाउन सकिने जनसांख्याखिक अनुकूलता रहेको भन्दै अहिलेको राजनीतिक नेतृत्वमा त्यो अनुरूपको हुटहुटी र योजना नरहेकाले रास्वपाबाट राजनीति थालिएको बताए ।

सोही कार्यक्रममा वाग्लेलाई तनहुँ १ र रमेश खरेललाई बारा २ को टिकट वितरण समेत गरिएको थियो ।


प्रतिक्रिया

One thought on “जेलनेल र संघर्षको भत्ता खाने होइन डेलिभरी गर्ने हुटहुटीले रास्वपा रोजेँ : स्वर्णिम वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर