एआई च्याटबोटसँग कुरा गरेको एक हप्तामा बेल्जियम नागरिकले किन गरे आत्महत्या ? – Nepal Press

एआई च्याटबोटसँग कुरा गरेको एक हप्तामा बेल्जियम नागरिकले किन गरे आत्महत्या ?

काठमाडौं । बेल्जियमका एक व्यक्तिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटसँग कुरा गरेपछि आत्महत्या गरेका छन् । बेल्जियम संचार माध्यम ला लिब्रेलाई उध्रदत गर्दै द भाइसले जनाए अनुसार पियरेले एआई बोट एलिजासँग छ हप्तासम्म जलवायु परिवर्तनको विषयमा कुरा गर्दै आएका थिए ।

उक्त कुराकानी अत्यन्तै भ्रमपुर्ण र हानिकारक बनेसँगै उनी आत्महत्याको लागि दुरुत्साहित भएको रिपोर्टमा उल्लेख छ । ‘यदि यो च्याटबोटसँग यी कुराकानीहरू नभएको भए मेरो श्रीमान् अझै यहाँ हुन्थ्यो। ‘ मृतककी श्रीमतीको भनाई छ ।

रिपोर्टका अनुसार ती व्यक्ति करिब दुई वर्षअघिदेखि नै वातावरणप्रति निकै चिन्तित थिए । सोही कारण उनी च्याटबट एलिजासँग जलवायु परिवर्तन बारे कुरा गरिरहन्थे । मृतककी श्रीमतीका अनुसार एलिजा उनको (पियरे) विश्वासपात्र बनेको थियो र पियरेलाई बिहान बेलुका एलिजासँग कुरा गर्ने लतनै बसिसकेको थियो ।

६ हप्ताको गम्भिर कुराकानी पस्चात उनले च्याटबोटलाई आफुले आत्महत्या गर्ने सोच बनाएको बताएका थिए । जसमा च्याटबोटले कुनै प्रतिकार नगरेको पीडित परिवारको दाबी छ । उनी अन्य कुनै मानसिक बिमारीबाट गुज्रिरहेको वा नरहेको भन्ने विषयमा भने हालसम्म सुचना प्राप्त भईसकेको छैन । उनले आत्महत्या गर्नुको केही समय अगाडि बाट आफ्नी श्रीमती र सन्तानबाट दुरी कायम गर्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *