चन्द्रागिरीमा पहिलाेपटक हिउँ पर्‍याे – Nepal Press

चन्द्रागिरीमा पहिलाेपटक हिउँ पर्‍याे

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । आज बिहानदेखि हल्का हिउँ भएको हो । यस वर्ष पहिलोवपटक चन्द्रागिरीमा हिउँ परेको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन् ।

यसअघिका वर्षहरुमा हिउँदमा चन्द्रागिरीमा हिउँ पर्ने गरेको थियो । तर यसपटक हिउँ हिउँदमा पनि हिउँ परेको थिएन । पहिलोपटक हिउँ परेपछि चन्द्रागिरीमा हिउँ खेल्न सर्वसाधरण पुगेका छन् । हिउँ भने बाक्लो परेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *