क्रिकेटर आरिफ र आसिफलाई वीरगञ्ज महानगरद्वारा मोटरसाइकल उपहार – Nepal Press

क्रिकेटर आरिफ र आसिफलाई वीरगञ्ज महानगरद्वारा मोटरसाइकल उपहार

वीरगञ्ज । आइसीसी क्रिकेट विश्वकप लिग २ मार्फत नेपाललाई विश्वकम क्वालिफायरको छनोटमा पर्याउन ठूलो भूमिखा खेलेका दुई क्रिकेटर मोटरसाइकलबाट पुरस्कृत भएका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले क्रिकेटर आसिफ शेख र आरिफ शेखलाई मोटरसाइकल उपहार दिएका हुन् । शुक्रवार सांझ एक समारोहबीच मेयर सिंहले दुबै जनालाई मोटरसाइकल र सांचो हस्तान्तरण गर्दै दोसल्ला ओढाएर सम्मान गरे ।

चैत्र २ मा उत्कृष्ट प्रदर्शनी गर्दै यूएईलाई हराएर नेपाललाई विश्वकम क्वालिफायरको छनोटमा पुर्याएलगत्तै मेयर सिंहले आरिफ र आसिफलाई पुरस्कार स्वरूप मोटरसाइकल दिने घोषणा गरेका थिए ।

आरिफ र आसिफ दुबैजना वीरगञ्जकै हुन् । उनीहरुले वीरगञ्जको मात्र नभएर देशकै शिर ठाडो पार्ने काम गरेकाले सम्मान र प्रोत्साहन स्वरूप मोटरसाइकल प्रदान गरेको मेयर सिंहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर