राजन काफ्लेलाई उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार – Nepal Press

राजन काफ्लेलाई उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार

काठमाडौं। यस वर्षको ‘उत्कृष्ट युवा फोटो पत्रकारिता पुरस्कार २०७९ बाट फोटो पत्रकार राजन काफ्ले सम्मानित भएका छन्।

रिपोर्टर्स क्लब नेपालले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा शुक्रबार आयोजित विशेष समारोहमा काफ्लेलाई उक्त पुरस्कार प्रदान गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मानपत्र हस्तान्तरण गरेका छन् । उक्त पुरस्कारको राशी २५ हजार रुपैँया रहेको छ।

डेढ दशकदेखि पत्रकारितामा सक्रिय काफ्ले नेपाल टेलिभिजन, च्यानल नेपाल, कान्तिपुर टेलिभिजन हुँदै विभिन्न अनलाइन तथा छापा माध्यममा काम गरिसकेका छन्।

बिगतमा चलचित्र पत्रकारिता हुँदै वृत्तचित्र निर्देशन तथा छाँयाङ्कनमा सक्रिय काफ्ले हाल रंगकर्ममा समेत सक्रिय छन्।

उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री हुँदादेखिनै स्वकीय फोटोग्राफरका रुपमा रहेर काम गरिरहेका छन्। कला, खेलकुद तथा ल्याण्ड्सकेप फोटोग्राफीमा समेत दख्खल राख्ने काफ्ले फोटोग्राफि प्रशिक्षणमा समेत सक्रिय छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर