‘देशको लागि गोल गर्न पाउँदा को खुसी हुँदैन र ?’ – Nepal Press

‘देशको लागि गोल गर्न पाउँदा को खुसी हुँदैन र ?’

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले उचाल्दा आयुष घलान सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

नेपालले खेलेको तीनै खेलमा आयूषको प्रदर्शन उत्कृष्ट थियो । तीन खेलमा उनले केहि गोल गर्ने अवसर खेर फाले भने फाइनलमा पछि परेको नेपालका लागि बराबरी गोल फर्काउँदै टिमलाई खेलमा फर्काएका थिए । गोल मात्रै हैन मैदानमा उनको प्रदर्शन सर्वोत्कृष्ट नै थियो ।

सर्वोत्कृष्ट घोषित भएका अयूषले फाइनल पछि बोल्दै आफ्नो देशका लागि गोल गर्न पाउँदा असाध्यै खुसी भएको बताए ।

‘आफ्नो देशका लागि गोल गर्न पाउँदा को खुसी हुँदैन र, अघिल्लो खेलहरुमा फाइनलमा पनि गोल गर्ने स्पस्ट मौका मैले खेर फालेको थिए । तर, पहिलाको गल्तिहरुको बारेमा सोचिन राम्रो गर्छु भन्ने थियो,’ उनले भने ।

यू-२० फुटबल टिमको कप्तान समेत रहेका अयूषले पछिल्लो समय खेलाडी पलायनको प्रश्नमा प्रति उत्तर गर्दै नेपालमै रहेर पनि आफुले कडा मेहेनत गर्न सके सफल भइन्छ भन्ने प्रतिक्रिया दिए ।

यस्तै, उनले उदाहारणका लागि कप्तान किरण कुमार लिम्बु, अञ्जन बिष्ट र रोहित चन्दको नाम लिएका थिए ।

फाइनलमा लाओसलाई २-१ गोलको नतिजामा पराजित गर्दै नेपालले थ्री नेसन्स कपको उपाधि उचालेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर