संचिता लुइटेल, सरोज खनाल र धिरेन शाक्य अभिनित ‘शिरको नाम्लो’ सार्वजनिक – Nepal Press

संचिता लुइटेल, सरोज खनाल र धिरेन शाक्य अभिनित ‘शिरको नाम्लो’ सार्वजनिक

काठमाडौं । नायकद्धय सरोज खनाल, धिरेन शाक्य र नायिका संचिता लुइटेलको अभिनय रहेको नयाँ गीत ‘शिरको नाम्लो’ सार्वजनिक भएको छ । राजेश शाक्यको शब्द र सिडी विजय अधिकारीको संगीत रहेको गीतलाई गायकद्धय सिडी विजयी अधिकारी, प्रताप दास र गायिका रानी शाक्यले मिलेर गाएका हुन्।

गायिका रानी शाक्य र गीतकार राजेश शाक्य अमेरिकामा बस्छन्। अमेरिकामा रहेर पनि यी दुई गीतसंगीतमा सक्रिय छन् । उनीहरुले निरन्तर गीतसंगीत सार्वजनिक गरिरहेका छन् ।

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाइको छायांकन र माधब बेलबासेको सम्पादन छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको भिडियो रमाइलो छ । धिरेन र सरोज जस्ता चर्चित कलाकारको साथमा संचिताको नोकझोक र माया प्रेमको दृश्यले भिडियोलाई रोचक बनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर