खर्चिलो म्युजिक भिडियोबिनै स्वप्न सुमनको गीत यूट्युबदेखि टिकटकसम्म चम्कियो – Nepal Press

खर्चिलो म्युजिक भिडियोबिनै स्वप्न सुमनको गीत यूट्युबदेखि टिकटकसम्म चम्कियो

काठमाडौं । युवायुवतीमा निकै लोकप्रिय गायक स्वप्न सुमनको स्वरमा रहेको ‘जे छौ तिमी’ बोलको गीत हिट भएको छ । युट्यूवको नेपाल ट्रेन्डिङमा पहिलो स्थान ओगटेको गीत टिकटकमा पनि उत्तिकै चर्चित छ ।

६ दिनअघि मात्र सार्वजनिक भएको गीतलाई दैनिक लाखौंले हेरिरहेका छन् । यो समाचार लेख्दासम्म गीतले ३६ लाख भ्यूज पाएको छ भने ७ हजार ७ सयभन्दा बढी प्रतिक्रिया आएका छन् । अधिकांश प्रतिक्रियामा स्वप्न सुमनलाई तारिफ मिलेको छ ।

यद्यपि, यो गीत स्वप्न सुमन एक्लैले गाएको होइन । यसमा उनलाई समिर श्रेष्ठले साथ दिएका छन् । गीतमा शब्द र संगीत पनि स्वप्र आफैले भरेका हुन् । गीतको निर्माण र मिक्सिङ भने साश्वत श्रेष्ठले गरेका हुन् भने म्युजिक भिडिओको निर्देशन नयन राईले गरेका हुन् ।

युट्यबमा अपार माया पाएको गीतले अहिले टिकटकसमेत हल्लाईरहेको छ । टिकटकमा गीतको केही लाईनहरु भाइरल छन् । ‘नढाकन मुहार श्रृंगारले, चन्द्रमामा पनि दाग हुन्छ’ भन्ने गीतको लाइन टिकटकमा हिट छ । सो लाइनमा लाखौँको संख्यामा टिकटक भिडियोहरु बनाइएका छन् ।

आजकाल कुनै पनि गीतको म्युजिक भिडिओमा मेकर्सले लाखौं रकम खर्चिने गर्छन् । तर, गीत चल्नलाई भिडियोमा राम्रो लगानी लगाउनुपर्छ भन्ने मान्यतालाई स्वप्नको यो गीतको भिडियोले गलत साबित गरिदिएको छ ।

करिब ४ मिनेट लामो भिडियोमा स्वप्न र समिरलाई मात्र गाउँदै गरेको देख्न सकिन्छ । न कोही मोडल छन्, न कुनै नाचगाना । सार्वजनिक गीत नेपालमा मात्र नभएर अस्ट्रेलिया, युएई लगायतका देशहरुमासमेत ट्रेन्डिङमा परिरहेको छ । नेपाली गीत संगीत विदेशमा समेत ट्रेन्डिङमा पर्नु दुर्लभ घटना हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर