सृजनालाई पहिलो पटक समेट्दै ओलम्पिक छनोटका लागि नेपाली टीमको घोषणा – Nepal Press

सृजनालाई पहिलो पटक समेट्दै ओलम्पिक छनोटका लागि नेपाली टीमको घोषणा

काठमाडौं । पेरिस ओलम्पिक २०२४ छनोटको पहिलो चरणका लागि नेपाली राष्ट्रिय महिला टीमको घोषणा गरिएको छ ।
शुक्रबार मुख्य प्रशिक्षक अनन्त राज थापाले एपीएफ क्लबकी डिफेन्डर सृजना चेम्जोङलाई पहिलो पटक टीममा समेट्दै २२ सदस्सीय नेपाली टीमको घोषणा गरेका हुन् ।

चैत्र २२ र २५ गते दशरथ रंगशालामा हुने छनोटमा नेपालले भियतनामसँग छनोटको लागि प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा रहेका अफगानिस्तान र प्लेस्टाइनले नाम फिर्ता लिएपछि नेपालले छनोटमा भियतनामलाई पराजित गरे दोस्रो चरण प्रवेश गर्नेछ ।

नेपाली टीमकी मिडफिल्डर प्रीति राई र सन्टर ब्याक गीता राना मगरले चोटका कारण छनोटका खेलहरु गुमाउनेछन् । यस्तै, डिफेन्डर पूजा राना मगरले टिममा पुनरागमन गरेकी छिन् । पूजा गत असोजमा सम्पन्न साफ च्याम्पियनसिपको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् ।

 

नेपाली टिमः
गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ
डिफेन्डरः समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैसी, बिमला बिक, निशा थोकर, पूजा राना मगर, सृजना चेम्जोङ
मिडफिल्डरः रेनुका नगरकोटे, बिमला चौधरी, दीपा शाही, सबिता राना मगर, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिसा कार्की, रेखा पौडेल, साबित्रा भण्डारी, रस्मि कुमारी घिसिङ र निर्मला बिक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर