चलचित्र ‘चित्रा’को निर्माण घोषणा – Nepal Press

चलचित्र ‘चित्रा’को निर्माण घोषणा

काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘चित्रा’को निर्माण घोषणा गरिएको छ। बिहिबार राम नवमीको अवसर पारी सिनेमाको कास्ट एण्ड क्रिउ घोषणा गरिएको हो ।

आगामी भदौबाट छायांकनमा जाने सिनेमामा नायकअर्पण थापा र निर्माता सन्तोष अधिकारीको मुख्य भुमिका रहनेछ । पारिवारिक कथामा निर्माण हुने सिनेमाको सम्पुर्ण छायांकन नेपालमा नै गरिनेछ । सिनेमाले एक अडिनरी बाबु र छोरीको कथा प्रस्तुत गर्ने निर्देशन लामिछानेको भनाइ छ ।

निर्देशक लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यो सिनेमाको प्रदर्शन पश्चात ‘चित्रा’ फ्लोरमा जाने तयारी भैरहेको छ । उनले ‘धौली, पञ्चेबाजा, अग्नीदहन’लगायतका सिनेमा निर्देशन गरिसकेका छन् ।

‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुतीमा सन्तोष धिकारी फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । भावना पन्तको लगानी रहने सिनेमाको कथा अजय अधिकारीले तयार पारेका हुन् । अजयको कथालाई अहिले मनिष गौतमले पटकथा तथा संवादमा ढालिरहेका छन् । सिनेमामा कथाकार अधिकारीको गीत रचना र सुरेश राईको संगीत रहनेछ ।

निर्माता अधिकारीले केही समय अगाडी ‘डलर एयुडी’ नामक सिनेमाको पनि निर्माण घोषणा गरेका थिए । त्यो सिनेमा पनि चाँडै फ्लोरमा जाने तयारी भईरहेको छ। उनले निर्माण गरेको सिनेमा ‘तीन जन्तु’ पनि प्रदर्शनको तयारीमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर