शेखर-गगन समूहले नाम नदिएपछि कांग्रेसबाट आज ४ जनामात्र मन्त्री – Nepal Press

शेखर-गगन समूहले नाम नदिएपछि कांग्रेसबाट आज ४ जनामात्र मन्त्री

काठमाडौं । पार्टीभित्र कुरा नमिलेपछि पहिलो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकटका ४ जनालाई मात्रै सरकारमा पठाउने भएका छन् । शेखर-गगन समूहले ३ मन्त्रालयको अडान नछाडेपछि देउवाले पहिलो चरणमा आफू निकटका चारजनालाई मन्त्री बनाउन लागेका हुन् ।

कांग्रेसबाट सरकारमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने भएको छ । यस्तै, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने भएका छन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसले ८ मन्त्रालयको पाएको छ । तर, कांग्रेस शेखर कोइराला र गगन समूहले ३ मन्त्रालयको अडान नछाडेपछि देउवाले पहिलो चरणमा ४ मन्त्रीमात्रै पठाउन लागेका हुन् । देउवाले इतर समूहलाई २ मन्त्रालय मात्रै दिने अडान लिएका छन् ।

मन्त्रीहरूको शपथ आजै गराउने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर