जसपाबाट शिक्षामन्त्रालय लिएर अशोक राई सरकारमा जाने – Nepal Press

जसपाबाट शिक्षामन्त्रालय लिएर अशोक राई सरकारमा जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट अशोक राईलाई सरकारमा पठाउने भएको छ । जसपा संघीय परिषद् अध्यक्ष राईले शिक्षा मन्त्रालय लिएर सरकारमा जाने निश्चित भएको बताए ।

उनले भने, ‘सरकारमा पार्टीबाट शिक्षा मन्त्रालय लिएर म जाने निश्चित भएको छ । अर्को व्यक्तिको टुंगो लाग्न बाँकी छ । हामी छलफलमै छौं ।’

जसपाबाट सरकारमा जान राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत आकांक्षी छन् । तर, अहिलेसम्म दोस्रो व्यक्तिको नाम नटुंगिएको नेता राईले बताए ।

उनले भने, ‘दोस्रो व्यक्तिलाई सरकारमा पठाउँदा आधाआधा कार्यकाल हुनेगरी पठाउनेगरी छलफल अघि बढेको छ । अहिलेसम्म टुंगिएको छैन ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जसपाले शिक्षा र वनमन्त्रालय पाएको छ । दशदलीय गठबन्धनलाई समेटेर प्रचण्डले आजै तीन बजे मन्त्रीहरूको शपथ गराउने तयारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर