वैशाखदेखि स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन पाइने – Nepal Press

वैशाखदेखि स्थानीय तहबाटै श्रम स्वीकृतिको आवेदन दिन पाइने

काठमाडौं । सरकारले वैशाखदेखि वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिने व्यवस्था गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीस्तरीय निर्णय गर्दै वैशाख १ गतेदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गरेका हुन् ।

यसअनुसार श्रम स्वीकृतका लागि अनलाइन आवेदन भर्न केन्द्रले सहजीकरण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम प्रवक्ता डण्डुराज घिमिरले एक विज्ञप्तीमार्फत जानकारी गराएका छन् । उनका अनुसार अहिले सबै प्रकारका श्रम स्वीकृतिका लागि श्रमिकले घरबाटै आवेदन दिन सकिने व्यवस्था छ । सरकारले वैशाख १ गतेसम्म सेवा केन्द्रको क्षमता अभिवृद्धि गर्ने योजना बनाएको घिमिरेले बताए ।

सरकारको निर्णयले आफैं अनलाइन फारम भर्न नसक्नेलाई सहज हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ७५३ वटै स्थानीय तहबाट यस्तो सेवा पाउँदा सेवाग्राहीले सहज महसुस गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर