नेकपा एस, जसपा र लोसपाको मन्त्रालय टुंगियो- को को बन्दै छन् मन्त्री ? – Nepal Press

नेकपा एस, जसपा र लोसपाको मन्त्रालय टुंगियो- को को बन्दै छन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज केही मन्त्री थप्दैछन् । गठबन्धनका दलसँग उनले मन्त्रीको नाम एक बजेसम्म मागेका छन् । आजै दिउँसो ३ बजे थपिएका मन्त्रीको शपथ गराउने गरी गृहकार्य थालिएको छ ।

गठबन्धनका दलहरूले यसअघि मन्त्रीको भागबन्डा टुंग्याइसकेका छन् ।

सरकारमा सहभागी हुने ९ दलमा कांग्रेस ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, नेकपा एस २, जसपालाई २, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भइसकेको छ ।

यद्यपि केही दललाई मन्त्रालय बाँडफाँटको विषय अझै केही टुंगिन बाँकी हुँदा मन्त्रिमण्डल विस्तारमा विलम्ब भएको बताइएको छ ।

कांग्रेसले रक्षा, अर्थसहितको मन्त्रालय पाउने निश्चित भइसकेको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट ८ जना मन्त्री बन्नेछन् ।

२ मन्त्रालय पाएको नेकपा एसबाट भौतिक पूर्वाधारमा प्रकाश ज्वाला र कृषि मन्त्रालयमा बेदुराम भुसाल जाने निश्चित भएको पार्टीनिकट स्रोतले बताएको छ । यसअघि भौतिकमा रहेका नारायणकाजी श्रेष्ठलाई गृह पठाउने तयारी छ ।

लोसपाका शरदसिं भण्डारी श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन् ।

जसपाले शिक्षा र वन मन्त्रालय पाएको अध्यक्ष उपेन्द्र यादवले बताए कसलाई पठाउने भन्ने टुंगो लाग्न बाँकी रहेको उनको भनाई छ ।


प्रतिक्रिया

One thought on “नेकपा एस, जसपा र लोसपाको मन्त्रालय टुंगियो- को को बन्दै छन् मन्त्री ?

  1. एउटा दार्शनिक घनश्याम भुसालले कृषि बाट समाजवाद ल्याए भने अर्का भर्खरै उपाध्यक्ष मनोनित गरिएका एस बेदुराम भुसाल पुनः कृषि मन्त्री। भ्याउने भयो एस भन्नेले पनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर