एसईई : बारामा १५ मिनेटमै फेसबुकबाट प्रश्नपत्र आउट – Nepal Press

एसईई : बारामा १५ मिनेटमै फेसबुकबाट प्रश्नपत्र आउट

जनकपुरधाम । बारामा एसईई परीक्षा सुरू भएलगत्तै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ ।

आदर्श कोतवाल गाउँपालिकामा पर्ने महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट प्रश्नपत्र फेसबुकबाट आउट भएको हो । प्रश्नपत्र कसले आउट गरेको विषयमा केही खुल्न सकेको छैन ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पनि प्रश्नपत्र आउट भएको जानकारी पाएको बताए ।

उनले भने, ‘परीक्षा सुरू भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिर आयो । च्यूटाँहा मावि परीक्षा केन्द्रका केन्द्राध्यक्षले यहाँबाट आउट नभएको भनेका छन् । हामी अनुसन्धानमा लागेका छौं ।’

केन्द्राध्यक्ष र गार्ड बसेका शिक्षकहरूको लापरबाहीले सामाजिक सञ्जालमार्फत परीक्षार्थीले नै प्रश्नपत्र आउट गरेको हुनसक्ने भन्दै आलोचना भएको छ ।


प्रतिक्रिया

One thought on “एसईई : बारामा १५ मिनेटमै फेसबुकबाट प्रश्नपत्र आउट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर