प्रधान सम्पादक पौडेल ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित – Nepal Press

प्रधान सम्पादक पौडेल ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित

काठमाडौं । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेल सम्मानित भएका छन् । रिपोर्टर्स क्लव नेपालको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा यो वर्षको ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ प्रधान सम्पादक पौडेललाई प्रदान गरेको हो ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मानपत्र हस्तान्तरण गरेका छन् । उक्त पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।

पौडेल विगत लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकारितामा आफ्नो क्षमता र कुशलता प्रर्दशन गर्दै आएका पौडेलले व्यवसायिक पत्रकारिताको संस्थागत विकास र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको रिपोर्टर्स क्लबले जनाएको छ ।

पत्रकार पौडेलले सञ्चार मन्त्रालयमा मिडिया सल्लाहकारको रुपमा काम गरिसकेका छन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन् । संसदीय मामिला पत्रकार समाजका पूर्व उपाध्यक्षसमेत रहेका पौडेल हाल सो संस्थाका सल्लाहकार हुन् । पौडेलले २०५४ वैशाख ४ गतेबाट पत्रकारिता सुरु गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर