नेपाल एयरलाइन्सको जहाज नउड्दा दिल्ली विमानस्थलमा सयौं यात्रु अलपत्र – Nepal Press

नेपाल एयरलाइन्सको जहाज नउड्दा दिल्ली विमानस्थलमा सयौं यात्रु अलपत्र

काठमाडौं । नेपाल एयरलाइन्सको विमानमा समस्या आएपछि दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रु अलपत्र परेका छन् । दिउँसो ४ बजे उड्नुपर्ने विमान राति १० बजेसम्म उड्न सकैको छैन ।

आरए २१८ कलसाइनको जहाज पाङ्ग्रामा समस्या आएका कारण उडान हुन नसकेको हो । स्टेशन म्यानेजरले पाङ्ग्राको एउटा सामान फेर्नुपर्ने भएकाले मलेसियन एयरलाइन्ससँग सहयोग मागिएको बताए । एक यात्रुका अनुसार सो सामान नपाइएको खण्डमा उडान हुन नसक्ने बताइएको छ ।

न्यारोबडी जहाजमा करिब डेढसय यात्रु छन् । उनीहरूमध्ये अधिकांश तिर्थयात्रु हुन् । जहाज नउड्दा यात्रुको विचल्ली भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर