विश्वकपका म्याचहरु भारतमा नखेल्ने पाकिस्तानको अडान – Nepal Press

विश्वकपका म्याचहरु भारतमा नखेल्ने पाकिस्तानको अडान

काठमाडौं । भारतमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप (२०२३)का म्याचहरु नखेल्ने पाकिस्तानले अडान लिएको छ ।

भारत क्रिकेट कन्ट्रोल बोर्ड (बीआईसीसी) ले पाकिस्तानमा आयोजना हुने एसिया कपमा भारत नखेल्ने भएपछि पाकिस्तानले पनि भारतमा आयोजना हुने विश्वकपका खेलहरु नखेल्ने अडान लिएको अन्तर्राष्ट्रिय मिडिया हरुले उल्लेख गरेका छन् ।

यद्यपी विश्वकप बंगलादेश र श्रृलंकामा आयोजना भए पाकिस्तानले खेल्ने योजना बनाएको छ । विश्वकप २०२३ आगामी अक्टोबर र नोभेम्बरमा आयोजना हुने तालिका छ । विश्वकप छनोटका खेलहरु बाँकी रहेकाले आईसीसीले सम्पूर्ण तालिका भने सार्वजानिक गरेको छैन ।

सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा पाकिस्तान र भारत एकै समूहमा रहेका छन् । भने, श्रीलंका, बंगलादेश र अफगानिस्तान अर्को समूहमा रहेका छन् ।

एसिया कप खेल्ने एक बाँकी टिमको टुंगो आगामी वैशाख पाँच गतेदेखि नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपबाट टुंगो लाग्नेछ । ६ राष्ट्रको सहभागिता रहने एसियाकपमा ५० ओभरमा खेलहरु हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *